arin enterprises

सम्पदा अभियन्ता यादवलाई पितृशोक

SamacharDesk – सोसियल ब्यूरो | २०७६ जेठ १३, सोमबार

सम्पदा अभियन्ता यादवलाल कायस्थका पिता शिवलाल कायस्थको निधन भएको छ । कायस्थको सोमबार राती ८ः११ बजे उपचारको क्रममा सुमेरु अस्पताल धापाखेलमा निधन भएको हो ।

कायस्थलाई छाती दुख्ने समस्या देखिएपछि गत ज्येष्ठ ३ गते शुक्रबार सुमेरु अस्पताल, पूल्चोकमा भर्ना गरिएको थियो । पछि थप उचारका लागि धापाखेलस्थित सुमेरु अस्पताल लगिएको थियो । 

मृगौलाको समस्याका कारण केही समयबाट औषधी समेत सेवन गर्दै आउनुभएका कायस्थको पछिल्लो समयमा भने मुटुको समस्या पनि देखिएको हो । र अन्तिम समयतिर आईपुग्दा उनको दुइटै मृगौलाले काम गर्न छोडेपछि डायलासिस समेत गरिएको थियो ।

उनको सोमबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । कायस्थको जन्म वि.सं. १९९५ फागुन कृष्ण चतुर्दशीका दिन भएको थियो ।

स्वर्गीय कायस्थका दुइ छोरा साथमा दुई छोरि छन् । यादवलाल उनका कान्छा छोरा हुन् ।

Categorized in समाज