साताको नेप्से समिक्षा
SamacharDesk – Rohan Shrestha | २०७७ चैत्र ७, शनिबार

विगत केहि साता देखि नकारात्मक लय पक्डिएको नेप्से परिसूचकले यस साताको अन्तिम कारोबारको दिन सम्म आईपुग्दा भने बुलिस लय समातेको छ । नेप्से साताको अन्तिम दिन नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेकोले नेप्से पुनः बुलिश लयमा फर्किएको विश्लेषण भईरहेको छ ।
मुलुकमा देखिएको राजनीतिक अस्थिरता, नाफा बुक गर्नेहरुको सक्रियता र ब्याजदर बढ्नसक्ने हल्लाले बजार केहि नकारात्मक बनेको थियो । जसका कारण सेयर बजार सूचक र कारोबार रकममा पनि सुस्तता आएको थियो । तर सस्तिएको बजार सँगै बजारमा फेरि खरिदकर्ताको आकर्षण बढेको देखिन्छ ।
गत साताको अन्तिम कारोबार दिन २५४८.४८ विन्दुमा बन्द भएको नेप्से, यस साता १६.६१ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ । समीक्षा अवधिमा यो इण्डेक्स १.०८ अंक घटेर ४४४.१५ विन्दुमा पुगेको छ।
यस साता फ्लोट इण्डेक्स १.१२ अंक बढेर १७०.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेर १४४.२७ विन्दुमा पुगेको छ। यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ ।
साताको पहिलो दिन २४१४. २४ बिन्दुमा टेकेको नेप्से साताको दोस्रो दिन सोमबार भने घटेर २३९६. ८८ विन्दुमा पुगेको थियो । यस्तै साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से २३९१.६३ विन्दुमा झरेको थियो भने अन्तिम दिन विहिबार नेप्से बढेर २४७५.०९ विन्दुमा पुगेको हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि साताको पहिलो दिन १० दशमलव १० अंकले चार सय ३५ दशमलव १३ अंकमा झरेको थियो भने अन्तिम दिन ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको हो ।
साताको अन्तिम दिन बजारमा २१३ कम्पनीको ५७ हजार ७४२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो बुधबारको तुलनामा १ अर्बभन्दा बढी हो ।
साताको अन्तिम दिन सम्म आईपुग्दा नेप्से र भोल्यूम दुवै बढेसगै बजारले पुन बुलिस ट्रेन्ड पक्रिएको विशलेषण भईरहेको छ । साताको अन्तिम दिन ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मार्दि, चन्द्रागिरी हिल्स र नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ।
Categorized in बिजनेस
