साहित्यकार बज्राचार्यको निधन
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख २३, सोमबार

नेपालभाषा क्षेत्रका साहित्यकार कृष्णदेवी बज्राचार्यको निधन भएको छ । साहित्यकार बज्राचार्यको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा सोमबार दिउँसो २ बजे निधन भएको हो ।
८८ वर्षीया बज्राचार्यलाई गएको १९ गते सोडियमको मात्रा कम भएर उपचारको लागि अस्पताल भर्ना गरिएको थियो ।
स्वर्गीय बज्राचार्यको आजै टेकुमा अन्त्येष्टि गरिएको छ ।
त्यो भन्दा अघि बज्राचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि ओमबहालस्थित उनकै घरमा राखिएको थियो ।
स्वर्गीय बज्राचार्यलाई अन्तिम श्रद्धान्जली दिनका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दुर शाक्य, जनकवि दुर्गालाल श्रेष्ठ, मानवअधिकारवादी नेता मल्ल के सुन्दर लगायत विभिन्न व्यक्तित्वहरु पुगेका थिए ।
स्वर्गीय बज्राचार्य नेवाः आन्दोलनका एक अगुवा पवित्र बज्राचार्य र चर्चित संगीतकार न्ह्यू बज्राचार्यकी आमा हुन् । साथै उनकी सुपुत्री नगीना जोशी पनि चर्चित कलाकार हुन् ।
Categorized in समाज