होण्डुरसका पूर्व राष्ट्रपति तस्करीको आरोपमा पक्राउ
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ४, बुधबार

क्यारेबियन मुलुक होण्डुरसका पूर्व राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागु पदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् ।
राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी गरिएको छ । लागु पदार्थ तस्करीको आरोपमा अमेरिकाले सुपुर्दगी गर्न आग्रह गरेको केही घण्टामै होण्डुरसको प्रहरीले हर्नान्डेजलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध अमेरिकामा मुद्दा चलाउने तयारी भइरहेको छ । उनका भाई टोनी हर्नान्डेजलाई लागु पदार्थ तस्करीकै अभियोगमा अमेरिकाको एक अदालतले गत वर्ष आजिवन कारावासको सजाय सुनाएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय