arin enterprises

‘अन्तर्राष्ट्रिय स्तरको तालीम नेपालमै दिन्छु’ – गुण

SamacharDesk – विजनेस ब्युरो | २०७५ मङ्सिर २०, बिहिबार

गुण ब्युटिसियन ट्रेनिङ सेन्टरले कोटेश्वर तीनकुनेमा पनि शाखा विस्तार गर्ने भएको छ । आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर गुणले तीनकुनेमा शाखा विस्तार गर्न लागेको हो ।

ट्रेनिङ सेन्टरको रुपमा संचालनमा रहेको संस्थाले कोटेश्वर शाखालाई एकेडमिको रुपमा संचालन गर्ने जनाएको छ । व्युटिसियन सम्बन्धी तालीमको साथमा कार्यक्षेत्रमा अघि बढ्नको लागी मार्गदर्शन समेत गरिने सेन्टरका संचालक गुणकेशरी ताम्राकारले बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय स्तरको तालीम हामीले पहिले पनि दिँदै आएको हो, अब झन एडभान्स र व्यवस्थित रुपमा हामी अगाडी बढ्ने योजना हो’, सेन्टरका संचालक ताम्राकारले बताउनुभयो । ‘ईभेन्ट अनुसार मेकओभर, प्रोडक्टको गुणस्तर, त्यसको उचित प्रयोग, बजार आदि देखि आवश्यक सबै पक्षको तालीमलाई व्यवस्थित रुपमा दिनेछौं ।’

महिलाहरुलाई केही सीप दिएर आफ्नै माटोमा केही गर्न सकिने क्षमताको विकास गर्ने आफ्नो लक्ष्य रहेको ताम्राकारको भनाई छ । सुलभ भाउमा अन्तर्राष्ट्रिय स्तरमा तालीम दिने र समयसापेक्ष विपन्न महिलाहरुलाई सित्तैमा समेत तालीम दिँदै आएको र शाखाबाट पनि यसलाई निरन्तरता दिने जानकारी पनि उनले दिइन् ।

यहि मंसीरमा महिनामा तीनकुने शाखाको शुरुवात गर्ने लक्ष्य सहित तयारी जोडतोडले भइरहेको छ ।

हाल ललितपुरको महापालमा ट्रेनिङ सेन्टरको रुपमा संचालन भइरहेको संस्थाले तीनकुने शाखाबाट सेवा पनि दिने जनाएको छ । हेयर कटिङ, मेकओभर, फेसियल लगायत विभिन्न सेवा पनि शाखाबाट दिइन् ताम्राकारले बताइन् ।

आफुले दिने तालीम अथवा सेवाहरु गुणस्तरीय साथै हरेक वर्गको पहुँचमा नै हुने सुलभ भाउमा हुने ताम्राकारको दावी छ । ‘मेरो उद्देश्य भनेको यहाँको महिला दिदीबहिनीहरु केही बनुन्, गुणस्तरीय सेवा र उत्पादन हरेक दिदीबहिनीले पाओस् भन्ने हो । दाम कमाउँदै गरौंला, काम राम्रो गर्दै जाउँ’ गुणकेशरीले भनिन् ।

Categorized in बिजनेस
SKIP THIS tihar2082