‘भाषिक समानताका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण’
SamacharDesk – सोसियल ब्यूरो | २०७६ मङ्सिर १, आइतबार

वाङमय शताब्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशीले जातीय र भाषिक समानताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई एवम् शुभकामना दिँदै संसारमा पत्रकारको कलमकै माध्यमबाट ठुलठुला परिवर्तन भएको स्मरण गर्दै जातीय भाषिक समानताका लागि पनि मातृभाषी पत्रकारहरुले योगदान दिनुपर्ने बताउनुभयो ।
‘नेपाल बहुजातीय र बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भनेर संविधानको प्रस्तावनामा नै लेखिएको छ, तर व्यवहारमा भाषिक, जातीय विभेद कायमै छ’ वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो । ‘अहिलेको अवस्थामा नेपालका विभिन्न मातृभाषाहरु संकटमा पर्दै गएको छ । यस्तो अवस्थामा भाषा, संस्कृति, साहित्यको संरक्षण, सम्वद्र्धन गर्न मातृभाषी पत्रकारहरुले महत्वपूर्ण योगदान पु¥याउनुपर्ने समय आएको छ ।’
भाषा र संस्कृति बचाउने कुरा गर्दा केहीले साम्प्रदायिकताको आरोप लगाउने गरेको जनाउँदै संस्कृतिविद् जोशीले भन्नुभयो, ‘पीडा के हो पिडितलाई मात्र थाहा हुन्छ, त्यस्तो आरोप लगाउने मान्छेलाई के थाहा हुन्छ ?’
आफ्नो मातृभाषा बोल्नुपर्ने र नजानेको भए सिक्नुपर्ने बताउँदै मातृभाषाको संरक्षणको लागि सरकार, स्थानीय तहले विद्यालयस्तरमा मातृभाषाबाट पठनपाठन गराउनुपर्नेमा पनि जोशीले जोड दिनुभयो ।
अध्यक्ष सुरजबीर बज्राचार्यले जोशीको शुभकामनालाई आशिर्वादको रुपमा लिएको बताउँदै यसबाट निकै हौसला प्रदान मिलेको बताउनुभयो
शताब्दी पुरुष जोशीले ‘बुढो मान्छेले पहाड हटाउने चिनियाँ कथा सुनाउँदै पत्रकार दबूको संस्थागत विकास र हितका लागि दृढ संकल्पका साथ लाग्न पनि नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा वाङमय शताब्दी पुरुष जोशीले पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई खादा ओढाएर कार्यकालको सफलताको कामना गर्नुभयो ।
समारोहमा पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित अध्यक्ष सुरजबीर बज्राचार्यले जोशीको शुभकामनालाई आशिर्वादको रुपमा लिएको बताउँदै यसबाट निकै हौसला प्रदान मिलेको बताउनुभयो ।
सोही अवसरमा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले एकताबद्ध भएर लक्ष्य पुरा गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Categorized in समाज