arin enterprises

एकैपल्ट १०२ जना कोरोना संक्रमित निको भए

SamacharDesk – विकाश | २०७७ जेठ २५, आइतबार

पछिल्लो पटक एकैपल्ट कोभिड १९ बाट संक्रमित एक सय दुई जनाले संक्रमणलाई जितेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत एक सय दुई जना संक्रमण निको भई डिस्चार्ज भएर घर फर्केको जानकारी दिनुभयो ।

पछिल्लो पटक डिस्चार्ज हुने एक सय दुई जनामा २ जना महिला छन् भने सय जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

पछिल्लो समय संक्रमितको संख्या बढेसँगै निको हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

Categorized in समाज