कोरोना संक्रमित मृत्यु संख्या ११ पुग्यो
SamacharDesk – विकाश | २०७७ जेठ २३, शुक्रबार

नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ११ पुगेको छ ।
गत जेठ २२ गते मृत्यु भएका सुर्खेत पंचपुरीका यूवकको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
२८ वर्षीय पुरुष गत जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा गरिएको आरडिटी परिक्षणमा उनको नतिजा नेगेटिभ देखिएको थियो ।
१४ दिन क्वारेन्टाइनको बसाईँपछि उनी जेठ २२ गतेघर फर्केका थिए भने सोही दिन उनको मृत्यु भएको थियो ।
मृत्यु पछि उनको स्वाब संकलन गरी परिक्षण गरिँदा भने कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
उनी घरमा हुँदा पनि कुनै किसिमको लक्षण नदेखिएको परिवारले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ११ पुगेको छ ।
यो केसमा पनि संक्रमित व्यक्तिको मृत्युपछि मात्र कोरोना परिक्षणको रिपोर्ट आएको छ ।
मृत्यु हुने संक्रमित ११ जनामध्ये २ जनाको मात्र जिवीत छँदै रिपोर्ट आएको थियो । अन्य सबैको कोरोना संक्रमणको पुष्टि मृत्यु पछि मात्रै भएको हो ।
Categorized in समाज