चोरीको मोटरसाइकल सहित २ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

बारा कलैयाबाट चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका ४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई सिम्रौनगढ नगरपालिका ९ स्थित अडुवा खोलाको पुलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय सरफराज मियाँ र सोही ठाउँ बस्ने २२ वर्षीय जफिर आलम रहेका छन् ।
बारा देवताल गाउँपालिका ३ बस्ने राजु कुमार कुशवाहाको उक्त मोटरसाइकल र मोबाइल समेत चोरी भएको थियो ।
चोरीको खबर पछि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरीले चोरी गरेको मालसामान तथा ४ थान मोबाइलसहित सोही मोटरसाइकलमा भागिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी कैलालीमा चोरी मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालीका १० घुईयाघाट बस्ने २५ वर्षीय दिनेश रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
रानालाई जिल्ला अदालत कैलालीको २०७६ जेठ १५ गतेको फैसलाले मोटरसाइकल चोरी मुद्दामा १ लाख ७० हजार रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय तोकिएको थियो ।
सो मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
Categorized in अपराध