arin enterprises

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

सिरहा नरहा गाउँपालिका ५ स्थित सिरहा चौहर्वा सडकमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सडकमा बिग्रिएर रोकी राखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा ‘अन टेष्ट’ लेखिएको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकलमा सवार सिरहा नगरपालिका ५ बस्ने १९ बर्षीय अम्लेश महतो र २१ बर्षीय सुनिल सदाको मृत्यु भएको हो । 

गम्भीर घाइते भएका उनीहरुको राउ अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सिरहा नगरपालिका ५ बस्ने १९ बर्षीय मिथिलेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Categorized in समाज