arin enterprises

थप ४ जना निको भइ घर फर्के

SamacharDesk – विकाश | २०७७ जेठ १५, बिहिबार

नेपालमा थप ४ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् । 

नारायणी अस्पतालमा उपचाररत ४ जना निको भई डिस्चार्ज भएर घर फर्केका हुन् । निको हुने चारै जना पर्साका हुन् ।

डिस्चार्ज हुनेमा दुई जना महिला र दुई जना पुरष रहेका छन् भने उनीहरु २७ देखि ३२ वर्ष उमेर समूहका हुन् ।

११ देखि १४औं दिनसम्मको अस्पताल बसाईँपछि निको भएर उनीहरु घर फर्केका हुन् ।

कोरोना संक्रमण परिक्षणको पछिल्लो २ वटा रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक सय ८७ पुगेको छ । तीमध्ये पुरुष एक सय ४४ जना छन् भने महिला ४३ जना रहेका छन् ।

निको हुने एक सय ८७ जनामध्ये प्रदेश १ मा ३० जना रहेका छन् भने प्रदेश २ मा सबभन्दा बढि एक सय एक जना रहेका छन् । 

त्यसैगरी वागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३८ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

Categorized in समाज