थप ४३ जना निको भएर अस्पतालबाट डिस्चार्ज
SamacharDesk – बिकाश | २०७७ जेठ २३, शुक्रबार

पछिल्लो पटकमा थप ४३ जना कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय विभिन्न अस्पतालबाट थप ४३ जना निको भएर घर फर्केको जानकारी दिएको हो ।
पछिल्लो समय संक्रमण हुनेमा धरानबाट डिस्चार्ज हुने ३ जना रहेका छन् । झापाका १५ देखि ४५ वर्ष उमेर समूहका पुरुष ३ जना ७ देखि ११औं दिनमा संक्रमण निको भई डिस्चार्ज भएका हुन् ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र एलाइन्स डेन्टल अस्पताल बाँकेबाट १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु १६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् ।
एक जना महिला र महिला र १२ जना पुरुषहरु १४औं देखि ३०औं दिनको अवधिमा डिस्चार्ज भएर घर फर्केका हुन् ।
कोशी अस्पतालबाट २७ जना हिजै निको भएर डिस्चार्ज भएका थिए । १६ देखि ५७ वर्ष उमेर समूहका ४ जना महिला र २३ जना पुरुषहरु ६ देखि ११औं दिन अवधिमा निको भएर डिस्चार्ज भएका हुन् ।
उनीहरुको पछिल्लो दुई वटा पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३ सय ३३ पुगेको छ । तीमध्ये २ सय ७२ जना पुरुष छन् भने महिला ६१ जना छन् ।
निको हुनेहरुमध्ये प्रदेश १ का ७६ जना, प्रदेश २ बाट एक सय २१ र वागमती प्रदेशबाट ३२ जना रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशबाट ३ जना, प्रदेश ५ वाट ९२, कर्णाली प्रदेशबाट २ जना सुदुरपश्चिम प्रदेशबाट ७ जना संक्रमण निको भएका छन् ।
Categorized in समाज