सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १७, बुधबार

विराटनगरको कंचनबारीबाट हतियारसहित ६ जना पक्राउ परेका छन् ।
१ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
केही व्यक्तिहरुबाट व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने र चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पेस्तोलको साथमा उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध