कोरोना संक्रमणबाट छैठौं मृत्यु
SamacharDesk – विकाश | २०७७ जेठ १६, शुक्रबार

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको गत ज्येष्ठ १० गते मृत्यु भएको थियो ।
भारतमा कार्यरत यूवक नेपाल आउने क्रममा सीमानाकामा पुग्दा उनको मृत्यु भएको थियो ।
ज्येष्ठ ११ गते नै उनको स्वाब नमूना संकलन गरिएको र आज उनको रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
मृत्यु हुने ६ जनामध्ये ५ जनाको भने मृत्यु पछि मात्रै संक्रमण पुष्टि भएको थियो ।
Categorized in समाज