चित्तपोल जंगलबाट यःसिं विधिपूर्वक ल्याइँदै
SamacharDesk | २०८१ भाद्र २१, शुक्रबार

काठमाडौंको उपत्यकाको प्रसिद्ध ईन्द्रजात्राको लागि भक्तपुरबाट यःसिं ल्याइँदैछ ।
यःसिंलाई काठमाडौंको हनुमानढोका दरबार अगाडि ठ्डयाएपछि औपचारिक रुपमा ईन्द्रजात्रा सुरु हुन्छ । यःसिंलाई लिङ्गो वा ईन्द्रध्वज पनि भनिन्छ ।
भक्तपुरको चित्तपोलको जङ्गलबाट काटिएको रानीसल्लोको रुखलाई आजै काठमाडौंको भोटाहिटी पु¥याउने बताइएको छ ।
केन्द्रीय मानन्धर संघका इन्द्रजात्रा संयोजक सन्देश मानन्धरका अनुसार हिजो बेलुकी ०८ बजेर २७ मिनेटको साइतमा बृक्ष कटान गरी गुठीयारहरुले आजदेखि देखि तानेर भोटाहिटी पुर्याउने बताइन् ।
यसरी भोटाहिटी पुर्याउँदा यंसिलाई स्वागत पूजा गर्ने चलन छ । यो तंलाछि मानन्धर गुथिका गुथियारहरुले गर्नेछन् । यसिं सहर प्रवेश गराउन साइत अनुसार गरिन्छ ।
यस बर्ष भदौ २६ गते बिहान १० बजेर ३२ मिनेटको साइतमा यसिंलाई नगर प्रवेश गराउने साइत रहेको छ । नगर प्रवेश गराइएको यसिं हनुमानढोका कालभैरव अगाडि लगेर राखिनेछ । यो वर्ष भदौ ३० गते आइतबार ईन्द्र ध्वजोत्थान हुनेछ ।
तत्पश्चात उपत्यकामा इन्द्रजात्रा प्रारम्भ हुन्छ । ईन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतको ठाउँमा वर्षा र सहकालका देवता ईन्द्रको पूजा–आराधना गरी परम्परागत तरिकाले मनाउने गरिन्छ ।
येँयाः अन्तर्गत जीवित देवी कुमारी, गणेश, भैरवको रथलाई क्वहनेयाः र थनेयाः गरी एक हप्तासम्म जात्रा गरी मनाइन्छ ।
Categorized in समाज