arin enterprises

एमाले–कांग्रेसबीच मन्त्रालय भागवण्डा मिल्यो

SamacharDesk | २०८१ आषाढ ३१, आइतबार

नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकारको लागि मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।

स्रोतका अनुसार अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेकपा एमालेको भागमा परेको छ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुवै दल कसलाई मन्त्री बनाउने भन्नेमा आन्तरिक छलफलमा व्यस्त रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शपथ ग्रहण कार्यक्रममै सबै मन्त्रीहरु पनि सम्मिलित गर्ने मनसाय भएकाले दुवै दलले सम्भव भएसम्म आइतबार नै नभए सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

Categorized in राजनीति