ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १६, शुक्रबार

चितवनमा एउटा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
बिहिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका–४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ लगिएको थियो । तर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
राप्ती नगरपालिका–७ बिरेन्द्रनगरस्थित सडकमा प्र.२–०२–००५ प १३९९ नम्बरको मोटरसाइकल ना.६ ख १५७७ नम्बरको ट्रकमा ठक्कर खाई दुर्घटना भएको हो ।
उक्त मोटरसाइकल ना.३ त २८७२ नम्बरको ट्याक्टरमा ठक्कर खाई अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खान पुगेको थियो ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक र ट्रयाक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज