arin enterprises

सवारी दुर्घटनामा २ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरी–२  स्थित सडकमा ना.२ क ३२३ नम्बरको निसान गाडी सडकबाट तल खस्दा गाडीमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेहरुमा सिन्धुली कमलामाई नगरपालिका–१ का २३ वर्षीय मनिष कार्की र  सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मान कुमार माझी रहेका छन् ।

गाडी चालक भने हाल फरार रहेको छ । गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in समाज