arin enterprises

दाङमा मोटरसाइकल दुर्घटना भई एक जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

मोटरसाइकल दुर्घटना भई मगरको मृत्यु दाङमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१८ मुसलबान डाँडास्थित सडकमा लु.६५ प ८०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक घोराहीकै १७ वर्षीय बीरेन्द्र रोकामगरको मृत्यु भएको हो ।

दुर्घटनमा गम्भीर घाइते भएका मगरलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उनको मुत्यु भएको हो ।

Categorized in समाज