arin enterprises

फोल्डेबल स्क्रिन युक्त म्याकबुक ल्याउँदै एप्पल

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २४, आइतबार

एप्पलले फोल्डेबल स्क्रिन (फोल्ड गर्न मिल्ने स्क्रिन) म्याकबुक बजारमा ल्याउने भएको छ ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार कम्पनीले पनि फोल्डेबल स्क्रिन म्याकबुकमा काम गरिरहेको एप्पलले जनाएको हो । यसका लागि कम्पनीले आपूर्तिकर्ताहरूसँग छलफल गर्न थालेको छ ।

एप्पलको फोल्डेबल स्क्रिन म्याकबुकको विशेष विवरण र सार्वजनिक मिति भने खुलाइएको छैन । यदि यो वास्तविकतामा परिणत भयो भने फोल्डेबल स्क्रिन ल्यापटपको सुस्त बजार उकासिने अनुमान गरिएको छ ।

अहिले फोल्डेबल स्क्रिन भएको ल्यापटप उत्पादनमा एसुस कम्पनी अग्रस्थानमा छ । एसुसले बजारमा आफ्नो ‘जेनबुक फोल्ड’ विस्तार गरिरहेको छ ।

यस्तै यता सामसङ डिस्प्ले र एलजी डिस्प्लेले पनि ओएलईडी प्यानल उद्योगमा लगानी गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

Categorized in बिजनेस