arin enterprises

स्वास्थ्य सम्बन्धि जानकारी दिने हेडसेट सार्वजनिक गर्दै एप्पल

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २१, आइतबार

एप्पलले स्वास्थ्य सम्बन्धि जानकारी दिने ‘मिक्स्ड रियालिटि हेडसेट’ नामक डिभाइस सार्वजनिक गर्ने भएको छ । भोली अर्थात सोमबार आयोजना हुने एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) यो प्रडक्ट सार्वजनिक गर्न लागेको हो ।

ब्लुमबर्गका मार्क गुर्मानका अनुसार एप्पलको मिक्स्ड रियालिटि हेडसेटमा प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धि जानकारी पनि दिइनेछ ।

उक्त हेडसेटले प्रयोगकर्ताको स्वास्थ्य अवस्था हेरेर उसले हेडसेट प्रयोग गर्न हुने वा नहुने भन्ने विषयमा जानकारी दिने उनले दाबी गरेका छन् ।

मार्कका अनुसार प्रयोगकर्ताले उक्त हेडसेट खरिद गर्नुभन्दा अगाडि डेमो लिन सक्नेछन् ।

डेमोको क्रममा नै हेडसेटले प्रयोगकर्ताको स्वास्थ्य स्थिति परीक्षण गर्दै हेडसेट खरिद गर्ने कि नगर्ने भन्ने विषयमा सुझाव दिनेछ । यसको मूल्य करिब ३,००० डलर पर्ने अनुमान गरिएको छ ।

भोलि सार्वजनिक हुने तयारीमा पनि यस प्रडक्टको जानकारीहरु भने धेरै बाहिरिएको छैन । हालसम्म बाहिरिएको जानकारी अनुसार यो हेडसेटमा दुईओटा १.४१ इन्चको माइक्रो ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ ।

विभिन्न कम्पनीको हेडसेटले मानिसहरुलाई आकर्षित गर्न नसकिरहेको अवस्थामा एप्पलको हेडसेट भने धेरैको लागि पर्खाइको विषय बनेको छ ।

Categorized in बिजनेस