एप्पलको आफ्नै स्पोर्ट्स एप सार्वजनिक
SamacharDesk | २०८० फाल्गुण ११, शुक्रबार

एप्पल कम्पनीले आईफोनका लागि एप्पल स्पोर्ट्स नामक नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि स्कोर चेक गर्ने, टिमको स्ट्याट र बेटिङको सम्भावना लगायतका बहुउद्देश्य समाधानका लागि यो एप ल्याएको हो ।
यस एपमा बुन्डेसलिगा, लालिगा, लिग वन र सिरिया ए समेत राखिएका छन् । यस बाहेकका अन्य सेवाहरू आगामी दिनमा थप्दै लगिने उल्लेख छ ।
कम्पनीका अनुसार एमएलबी, एनएफएल, एनसीएएएफ, एनडब्लूएसएल र डब्लूएनबीएका आउँदा सिजनहरु पनि एपमा उपलब्ध हुने छ ।
लाइभ स्पोर्ट्समा संलग्न हुने एप्पलको प्रयास अन्तर्गत यो एप सार्वजनिक भएको बुझिएको छ । यस एपले प्रयोगकर्तालाई खेलको प्रत्यक्ष प्रसारण हेर्न सिधै एप्पल टिभी प्लस अथवा सपोर्ट गर्ने अन्य स्ट्रिमिङ सेवामा जान सक्ने गरी खेलकुद स्ट्रिमिङ सेवालाई प्रत्यक्ष रुपमा जोडेको छ ।
गत वर्ष एप्पलले एमएलएस सिजन पास नामक सकर स्ट्रिमिङ सर्भिस ल्याएको थियो । जसले सन् २०२२ देखि फ्राइडे नाइट बेसबल पनि प्रसारण गरिरहेको छ ।
यो एप आफैंले बेटिङ अर्थात् सट्टेबाजी सपोर्ट नगर्ने र प्रयोगकर्ताले चाहेको खण्डमा बेटिङ सम्भावना बन्द गर्न सक्ने एप्पलको भनाई छ ।
Categorized in विज्ञान-प्रविधी