धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौंको साँखुबाट एक जना पक्राउ परेका छन् ।
प्रहरीले हाल साँखु ब्रह्मखेल बस्ने उदयपुर मझुवा खोला घर भएका १९ वर्षीय सुयोग दनुवार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
सुयोगले काठमाडौं बुद्धनगरस्थित बुद्धनगर दाहाल मिट सप सञ्चालन गर्ने ६० वर्षीय पदम प्रसाद दाहाललाई खुर्पा माग्दा नदिएको आक्रोसमा सोही खुर्पा खोसेर प्रहार गरेका थिए ।
खुर्पा प्रहारबाट घाइते भएका दाहालको निजामती अस्पताल मीनभवन हुँदै पाटन अस्पताल ललितपुरमा थप उपचार भइरहेको छ ।
घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
Categorized in अपराध