बालिकालाई यौन शोषण गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन् ।
पोखरा मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भएका रेश बहादुर गुरुङलाई ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
गुरुङलाई ती बालिकालाई विगत ५ महिना अगाडिदेखि ललाई फकाई यौन शोषण गर्दै आएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालय स्याङ्जासँग समन्वय गरी उनलाई पक्राउ गरेको हो ।
स्याङ्जा बिरुवा गाउँपालिका ८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा ल्याई जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यसैगरी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायदेवी गाउँपालिका २ अभिराब बस्ने २२ वर्षीय राम अवतार केवटलाई प्रहरीले पक्राउ गरेको छ ।
केवटले ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेको भन्ने खबर आएपछि ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Categorized in अपराध