arin enterprises

अपहरण गरेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

सिन्धुली तिनपाटन गाउँपालिका ८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 

प्रहरीले सुनसरी धरान उपमहानगरपालिका ६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

स्कुलमा छात्रवृत्ती बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०÷१२ जनाको समूहले अपहरण गरेको थियो ।

अपहरणको खबर आएपछि जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल फेला पारी उद्धार गरेको हो ।

प्रतिमाको साथबाट २ वटा खाली सकेट बम र १ थान सुतली बम बरामद भएको बताइएको छ । 

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध