लागू औषध सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

कास्की, पोखरा महानगरपालिका ३३ भरतपोखरीबाट लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ६ किलो एक सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १७ बिरौटा बस्नेहरु तनहुँ शुक्लागण्डी १२ घर भएका २३ वर्षीय संजोक बिक र २० वर्षीय शिलास बिक रहेका छन् ।
पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्री बितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
ग.९ प ६०२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्युसैगरी बारा, देवताल गाउँपालिक २ दक्षिण झिटकैया टोलस्थित सडकबाट एकसय एमएलको ५९ बोतल लागूऔषध विनरेक्स सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ बस्ने २२ वर्षीय कृष्ण कुमार साह र १६ वर्षीय किशोर रहेका छन ।
प्रहरी चौकी दक्षिण झीटकैया बाराबाट खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रमम उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Categorized in अपराध