arin enterprises

एक्समा ‘आर्टिकल्स’ फिचर

SamacharDesk | २०८० फाल्गुण २७, आइतबार

सामाजिक संजाल प्लेटफर्म एक्समा ‘आर्टिकल्स’ फिचर आएको छ । लिखित सामग्रीहरु प्लेटफर्मबाट सोझै शेयर गर्न मिल्नेगरी एक्समा ‘आर्टिकल्स’ फिचर आएको हो ।

आर्टिकल्स फिचरबाट लेखलाई विभिन्न ढाँचामा सार्वजनिक गर्न सकिने छ । यसका लागि बोल्ड, इटालिक, बुलेट पोइन्ट, नम्बर्ड लिस्ट आदि विकल्प दिइएका छन् । त्यस्तै यसमा फोटो तथा भिडियो समेत इम्बेड गर्न सकिनेछ ।

यसरी तयार गरेको आर्टिकल एक पटक सार्वजनिक भएपछि प्रोफाइलमा आर्टिकल ट्याब देखा पर्नेछ । त्यसपछि भने सामान्य एक्स पोस्टहरु जस्तै अन्य व्यक्तिहरुले पनि आर्टिकल्सहुरु हेर्न सक्ने छन् ।

यो फिचर हालका लागि एक्सका प्रिमियम प्रयोगकर्ताहरुका लागि उपलब्ध गराइएको छ ।

एलन मस्कले एक्सलाई सुपर एप बनाउने उद्देश्यले एक्समा विभिन्न थपघट् गरि नै रहेका छन् ।

यसैक्रमा हिजो मात्रै मस्कले एक पोस्ट राख्दै एक्सका लामा आकारका भिडियो स्मार्ट टेलिभिजनमा समेत उपलब्ध हुने जानकारी दिएका थिए ।

Categorized in विज्ञान-प्रविधी