arin enterprises

घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न

SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८१ जेठ १०, बिहिबार

प्युठानको सरूमारानी गाउँपालिका–६ बुढिचौरमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरणका लागि अपनाउनु पर्ने उपायहरूबारे चर्चा गर्दै यस सम्वन्धि कानूनी व्यवस्थाका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा सरूमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले हरेक अपराधको श्रृङ्खला सानो कुराबाट शुरू भई बिकाराल रूप लिने हुँदा स–साना कुरामा ध्यान पुर्‍याउन सकेमा अपराध क्रमशः घटदै जाने विचार राखे ।

जिल्ला प्रहरी कार्यालय प्युठान तथा सरूमारानी गाउँपालिका ६ नम्बर वडा कार्यालयको प्राविधिक सहयोगमा तिनकुने दह टोल विकास संस्था प्युठानले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा श्रमरानी माध्यामिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरे, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

Categorized in समाज