arin enterprises

चीनीया सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध

SamacharDesk | २०८० भाद्र २२, शुक्रबार

चीनको केन्द्रिय सरकारी निकायका अधिकारीहरुलाई एप्पलको आईफोन लगायत विदेशी ब्रान्डका डिभाइस प्रयोग नगर्न चीनीया सरकारले निर्देशन दिएको छ ।

बुधवार चिनियाँ सरकारको यो निर्णयसँगै कार्यालयमा कार्यरत कर्मचारीलाई आईफोन नल्याउन र सरकारी कामका लागि सो ब्रान्डको फोन प्रयोग नगर्न कार्यलय प्रमुखबाट निर्देशन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रिट जर्नलले बताएको हो ।

एप्पलका लागि चीन सबैभन्दा ठूलो बजार हो । एप्पलले कूल आम्दानीको २० प्रतिशत आम्दानी चिनियाँ बजारबाट हुँदै आएको छ । आईफोन १५ सार्वजनिक गर्ने तरखरमा रहेको एप्पललाई चिनियाँ सरकारको नयाँ नीतिले प्रभावित पार्ने विश्लेषणहरूले जनाएका छन् ।

चिनियाँ सरकारले स्थानीय ब्रान्डलाई प्रोत्साहन गर्न पनि यस्तो नीति अवलम्बन गरेको बताइएको छ ।

चिनियाँ स्मार्टफोनको सबैभन्दा ठूलो ब्रान्ड ह्वावेले हालै स्याटलाइट कनेक्टिभिटीमा आधारित ह्वावे मेट ६० प्रो सार्वजनिक गरेको थियो । यद्यपि चीनले कति ठाउँमा कसरी एप्पल लगायत अन्य विदेशी ब्रान्डका डिभाइसमा प्रतिबन्ध लागेको हो भन्ने स्पष्ट छैन ।

यस्तै ह्वावेलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ । त्यसैले पनि मेट ५० प्रो सार्वजनिक भएसँगै चिनियाँ सरकारले यस्तो नीति ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाले ह्वावे बाहेक चिनियाँ कम्पनी बाइटडान्सले तयार पारेको टिकटकमाथि पनि प्रतिबन्ध लगाउने तयरी गरेको छ ।

Categorized in विज्ञान-प्रविधी