arin enterprises

बराल वंश प्रतिष्ठानले गर्यो तीज विशेष कार्यक्रम

SamacharDesk | २०८१ भाद्र १५, शनिबार

बराल वंश प्रतिष्ठानले शनिबार तीज विशेष तथा नारी सम्मानको कार्यक्रम गरेको छ ।

देश विदेशमा छरिएर रहेकाका बराल वंशका छोरी तथा बुहारीहरुलाई एकै स्थानमा भेला गराई दर खाने कार्यक्रम गरिएको थियो ।

नेकपा एमालेकी युवा नेतृ सुनिता बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानले बराल वंशका जेष्ठ आमाहरुलाई सम्मान पनि गरिएको थियो ।

यसका साथै भागवत वाचिका विदुषी वृन्दा बरालबाट हरितालिका तीज ब्रतकथाका बारे चर्चा परिचर्चा गरिएको थियो ।

साथै बराल डाक्टर तथा स्वस्थ स्वयमसेविकाहरुले विभिन्न रोगसम्बन्धी परामर्श दिइएको थियो ।

 कार्यक्रममा बराल वंशका विभिन्न स्थानमा रहेका चेलीबेटीहरुले कला संस्कृतिको मनोरञ्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

Categorized in समाज