राष्ट्रपति बनेको सयौं दिनमा २० करोडलाई कोरोना भ्याक्सिन दिने बाइडेनको घोषणा
SamacharDesk – बिराज | २०७७ चैत्र १३, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफुले कार्यभार सम्हालेको सयौं दिनमा २० करोड जनालाई कोरोनाको खोप दिने लक्ष्य रहेको बताएका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गरिसकेर पहिलो पटक विहिबारका दिन पत्रकार सम्मेलन गर्दै बाइडेनले आफ्नो लक्ष्य सार्वजनिक गरेका हुन् ।
उनले भने, ‘मलाई थाहा छ यो महत्वाकांक्षी लक्ष्य हो, हाम्रो मूल लक्ष्यको दुइ गुणा । तर मलाई विश्वास छ हामी यो गर्न सक्छौं ।’
अमेरीकामा अहिलेसम्म कोरोना भ्याक्सिनको करीब १३ करोड डोज दिइसकेको छ ।
करीब एक घन्टा चलेको पत्रकार सम्मेलनमा पत्रकारहरुले भने बाइडेनलाई कोरोनालाई लिएर कुनै प्रश्न नगरिएको बताइएको छ ।
अमेरीका हाल कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित देश हो । यहाँ हालसम्म ३ करोड ७ लाख ७४ हजार बढि मान्छेहरु कोरोना भाईरसबाट संक्रमित भइसके भने ५ लाख ५९ हजार ७ सय बढिको मृत्यु भइसक्यो ।
त्यस्तै २ करोड ३१ लाख ९६ हजार बढि निको पनि भइसके ।
Categorized in अन्तर्राष्ट्रिय