arin enterprises

कोहितिमा बौद्ध धर्मदेशना

SamacharDesk – बिराज | २०८० भाद्र १२, मंगलबार

न्हापांगु पलाः (नेवार महिला समुह) को आयोजनामा भएको सप्ताहव्यापी बौद्ध धर्मदेशना कार्यक्रमको समापन गरिएको छ । समूहले गुंला पर्वको अवसरमा आयोजना गरेको सप्ताहव्यापि बौद्ध धर्मदेशना कार्यक्रम गत ९ गते शनिबार समापन गरिएको हो ।

समूहले काठमाडौंको कोहिति टोलमा गत भाद्र १ देखि ८ गतेसम्म सत्व पूजासहित बौद्ध धर्मदेशना वाचन कार्यक्रमको आयोजना गरेको हो ।

प्रा.डा. नरेशमान वज्राचार्यको निर्देशनमा मुलाचार्य मञ्जुश्री वज्राचार्यसहित दशरत्न वज्राचार्य, भीमरत्न वज्राचार्य, त्रिरत्न वज्राचार्य र प्रवीण वज्राचार्यले संयुक्त रुपमा सत्वपुजा गरेका थिए ।

विशेष गरि समूहमा आवद्ध ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रममा हरेक दिन अलग अलग बौद्ध गुरुहरुले धर्मदेशना सुनाएका थिए । प्रा. डा. नरेशमान वज्राचार्य, शान्तश्री रत्न वज्राचार्य, मञ्जुश्री रत्न वज्राचार्य, भीमरत्न वज्राचार्यज, दीपेन्द्र वज्राचार्य, त्रिरत्न वज्राचार्य, दशरत्न वज्राचार्य र गुरुमां रविता वज्राचार्यले धर्मदेशना प्रदान गरेका थिए ।

प्रायः उमेर पुगेकाले मात्र धर्म देशना दिंदै आएकोमा आजकल युवा पुस्ताको पनि उपस्थितीले आफुहरुलाई उत्साहित बनाएको कार्यक्रमका सहभागीहरुले भनेका छन् ।

Categorized in समाज