arin enterprises

यात्रु पुर्याएर फर्केको बस दुर्घटना

SamacharDesk | २०८० चैत्र १७, शनिबार

पोखरा महानगरपालिका-२७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका हुन् ।

रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर लेखनाथतिर फर्किँदै गरेको बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी जनाएको छ ।

दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएको हा् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बस बीच सडकमै दुर्घटना भएर ठाडो अवस्थामा रहेको थियो ।

Categorized in समाज