arin enterprises

क्यानडामा आप्रवासीलाई कडाई

SamacharDesk | २०८१ भाद्र १४, शुक्रबार

क्यानाडा सरकारले विदेशी विद्यार्थीका लागि दिइने अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर घटाउने निर्णय गरेको छ ।

यो निर्णय लागु भएमा क्यानाडामा रहेका ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनुपर्ने जोखिम बढेको छ ।

प्रधानमन्त्री जस्टिन टूडोको यो निर्णयको आलोचना गरिएको छ भने क्यानडाका विभिन्न ठाउँमा प्रदर्शन समेत भएको छ ।

विद्यार्थीहरूले बिभिन्न शहरमा बिरोध प्रदर्शन गरेका हुन् । नयाँ नीतिमा स्थायी बसोबासको नामांकनमा २५ प्रतिशत कटौती गरिएको छ ।

इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा (आईआरसीसी) का अनुसार यस वर्ष झण्डै ३ लाख ६० हजार विद्यार्थीले अनुमति पाउने अपेक्षा छने जुन गएको वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।

Categorized in अन्तर्राष्ट्रिय