arin enterprises

कार्टूनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु

SamacharDesk – बिकाश | २०७८ आश्विन १८, सोमबार

एक समय पैगम्बर मोहम्मदको कार्र्टुन बनाएर चर्चामा आएका स्वीडेनका कार्टुनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

बीबीसीका अनुसार विल्क्स एउटा प्रहरीको गाडीमा जाँदै गर्दा दुर्घटना भएको हो । दक्षिणी स्वीडेनको मारकरद शहरमा उक्त प्रहरीको गाडी ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

घटनामा दुई पुलिसकर्मीको पनि मृत्यु भएको जनाइएको छ । ट्रक चालक भने घाइते भएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट यो अन्य दुर्घटना सरहकै सडक नै दुर्घटना देखिएको र यसमा कुनै षडयन्त्र नदेखिएको बताएको छ ।

प्रहरीले दुर्घटना कसरी भयो भन्ने खुलिनसकेकाे बताएपनि स्थानीय संचारमाध्यमले विल्क्स सवार गाडी निकै तीव्र गतिमा हाँक्दै गरेको बताएको छ ।

एक प्रत्यक्षदर्शीले स्थानीय संचारमाध्यमलाई विल्क्स सवार गाडीको सन्तुलन बिग्रेर सडकको अर्को भागमा गई दुर्घटना भएको बताएका छन् । दुर्घटनापछि गाडीमा आगो लागेको थियो ।

७५ वर्षीय विल्क्सले सन् २००७ सालमा पैगम्बर मोहम्मदको कार्टून बनाएका थिए । यस कार्टुनलाई लिएर मुस्लिम समुदायले आपत्ती जनाएका थिए ।

विल्क्सलाई धेरै धमकी पनि आएको थियो । त्यसपछि उनलाई प्रहरी सुरक्षा दिइएको थियो ।

उक्त कार्टुनमा विल्क्सले कुकुरको शरीरमा पैगम्बर मोहम्मदको टाउको राखेका थिए । यो कार्टुन प्रकाशित भएपछि स्वीडनका तत्कालीन प्रधानमन्त्री फ्रेडरिक रेनफेल्डले अवस्था नियन्त्रणमा लिन २२ द्दद्द मुसलि देशका राजदूतहरुलाई भेटेर कुरा गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय