नगद तथा सुनका गहना चोरी
SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

काठमाडौंको गौरीघाटमा सरु अधिकारीको कोठाबाट नगद र सुनको गहना समेत गरी करीब साढे दुइ लाख बराबरको धनमाल चोरी भएको छ ।
सिमराकी २४ वर्षीया अधिकारीको गौरीघाटस्थित डेराको कोठाबाट नगद ४० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध