arin enterprises

सूर्यको उपासना गरी छठ मनाईदै

SamacharDesk | २०८१ कार्तिक २२, बिहिबार

छठ पर्वको मुख्य दिन आज ९बिहीबार० साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरी मनाइन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ । मिथिलाञ्चलको ऐतहासिक एवं सांस्कृतिक पर्व छठ संघिय राजधानी काठमाडौं एवं पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।

कठिन विधि अनुसार चार दिनसम्म मनाईने छठ पर्वको मुख्य दिन आज ब्रतालुहरुले अस्ताउँदो सर्यलाई अर्घ्य दिन्छन् । कार्तिक शुक्ल षष्ठीको दिन ब्रतालुहरु पवित्र नदि तलाउ वा जलाशयको किनारमा गएर अस्ताँदो सूर्यलाई अर्घ चढाउँछन् । यसलाई लोकबोलीमा ‘सझियाघाट’ भनिन्छ ।

खासगरी मधेश प्रदेशको राजधानी जनकपुर, औद्योगिक शहर बिरगंज लगायतका ठाउँमा छठको विशेष रौनक छ । यो पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ ।

सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर प्रकृति पुजन गरिन्छ ।

छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे जस्ता फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ ।

यसरी तयार पारिएको फलफूल तथा ठेकुवा भुसुवालगायतका मिठाईलाई छठको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई चढाएपछि प्रसाद स्वरुप घर लैजाने चलन छ । छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन गरिन्छ ।

Categorized in संस्कृति