arin enterprises

कोरोनाभाइरस विरुद्ध खोपको पहिलो परीक्षणमा चीन सफल

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १२, सोमबार

अहिले विश्वका विकासित मूलुकहरु कोरोनाभाइरस (कोभिड २९) विरुद्धको खोप बनाउने होडबाजीमा लागेका छन् । यसैक्रममा विभिन्न देशले भाइरस विरुद्ध खोप वा औषधी बनाएको दावी गरिरहेका छन् ।

यसैक्रममा भाइरसको उद्गम मुलुक भनिएको चीनमा पनि कोरोनाविरुद्ध खोपको पहिलो चरणको परिक्षण भएको छ । 

कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो चरणको परीक्षणमा चीनले सफलता पाएको दावी गरेको छ ।

शुक्रबारको विज्ञान शोध पत्रिका लेन्सेन्टका अनुसार चिनियाँ कम्पनीले बनाएको खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक आएको हो ।

यो परीक्षण १८ देखि ६० बर्ष उमेरको १ सय ८ जना स्वस्थ व्यक्तिमा गरिएको थियो । क्लिनिकल परीक्षण क्रममा ती सबैलाई थोरै, मध्यम र उच्च डोज दिइएको थियो ।

पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा यो खोपको प्रभाव अनुसन्धान गरियो । यसै क्रममा कुनै किसिमको गम्भीर प्रतिक्रिया नपाइएको बताइएको छ ।

यो खोप लिएको दुई सातापछि मानिसहरुमा कोरोना भाइरसविरुद्धको एन्टिबडी निरन्तर विकास हुन थालेको कम्पनीको दावी छ ।

यो परीक्षणमा खोप लगाएको २८ दिनसम्मको अवस्था मात्र हेरिएको छ । कोरोनाविरुद्ध लड्न सक्ने एन्डिबडीले त्यसपछि काम गर्छ कि गर्दैन भन्ने कुराको यकिन भने भएको छैन ।

अनुसन्धान टोलीले अर्को चरणको परीक्षणको अनुमति पाएको छ । यो खोपको दोस्रो चरणको परीक्षण ५ सय ८ जनामा हुनेछ । 

यसमा खोपको सुरक्षा र प्रभावकारिता दुवै हेरिने र अनुसन्धान क्रममा समस्याहरुमा थप विश्लेषण हुने भनिएको छ ।

Categorized in विज्ञान-प्रविधी