चिनियाँ चन्द्रमासे नयाँ वर्ष आजबाट सुरु
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ८, आइतबार

चिनियाँ नयाँ वर्ष आज (आइतबार) बाट सुरु भएको छ । चन्द्रमासमा आधारित यो उत्सवलाई चिनियाँहरुले वसन्त उत्सव भन्ने गर्छ ।
दुई हप्तासम्म मनाउने यो पर्व कोरोना महामारीका कारण पछिल्ला तीनवटा नयाँ वर्ष मनाएका थिएन ।
चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले यस पटक चिनियाँहरुले धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । नीति खुकुलो भएसँगै करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन पनि हुने भएको छ ।
चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।
यो पर्व चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र मंगोलियासहित दक्षिण पूर्वीएशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ ।
विश्वभर डेढ अर्ब भन्दा बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ ।
करिब १ अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ ।
नयाँ वर्षको स्वागतका लागि चीन लगायतका देशहरुमा सडक महोत्सवहरु समेत भइरहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय