arin enterprises

घटस्थापनाको दिनदेखि सिनेमा हल खोल्ने घोषणा

SamacharDesk – बिजयरत्न | २०७८ आश्विन २०, बुधबार

कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द सिनेमा हलहरु घटस्थापनाको दिनमा खोल्ने घोषणा गरिएको छ ।

चलचित्र बिकाश बोर्डको संयोजकत्वमा नेपाल चलचित्र संघ, चलचित्र निर्माता संघ, कलाकार संघलगायत पेशागत सबै संघसंस्थाहरुको संयुक्त प्रयासले यहि असोज २१ गते बिहिवारदेखि सिनेमा हलहरु खोल्ने घोषणा गरिएको हो ।

मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको पहलमा भएको चलचित्रकर्मी र चलचित्र सम्वद्ध संघसंस्थाको भेलाले यस्तो घोषणा गरेको हो ।

कार्यक्रममा भेला भएका चलचित्रर्मीहरुले हल खुल्यो भनेर हर्षित भएर बस्नु भन्दा हलमा दर्शकको स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

यसै सन्दर्भमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले दर्शकहरूले टिकट लिएपछि उहाँहरुले मनपराएका कलाकारसङ्ग तस्वीर खिचाउने, उपयुक्त समय मिलाइ सङ्गै चिया खाने वातावरण पनि बनाइदिने सोच रहेको बताए ।

कार्यक्रममा सदाबहार नायक भुवन केसी, आमा चलचित्रका अभिनेत्रीहरु चैत्यदेवी, भुवन चन्द र बसुन्धरा भुसाल, चलचित्र संघका अध्यक्ष मदुसुदन प्रधान, महासचिव अशोक शर्मा, निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतको उपस्थिती थियो ।

त्यस्तै प्राविधिक संघका अध्यक्ष पुश्कर लामा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्देशक समाजका महासचिव जनक दीप पराजुली, आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नृत्य निर्देशक संघका उपाध्यक्ष प्रदीप श्रेष्ठ, चलचित्र संघका उपमहासचिव गोपाल काजी कायस्थलगायतको उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री