arin enterprises

कोका–कोलाको “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन

SamacharDesk – राम डंगोल | २०७९ आश्विन ३, सोमबार

नेपालको लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ ।

दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ ।

यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” ल्याइएको कोका–कोलाले जनाएको छ ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ ।

र हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ ।

आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याएको छ ।

दसैंँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ ।

यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसको साथै उपभोक्ताहरुले पनि कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन् ।

यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त कम्पनीले जनाएको छ ।

Categorized in बिजनेस