arin enterprises

नेपाली आकाशमा पुच्छ्रेतारा

SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख २८, आइतबार

यो बैशाखको अन्तिम साता, भन्नाले यहि सातामा नेपाली आकाशमा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको छ ।

स्वान नामको पुच्छ्रेतारा नेपाली आकाशमा नाङ्गो आँखाबाटै देखिने खगोलविद्हरुले जनाएका छन् ।

सानो खालको बाइनाकुलर वा टेलिस्कोपको सहायताले भने स्पष्ट रुपमा देखिने खगोलविद्हरुको भनाई रहेको छ ।

बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा देखिने यो पुच्छ्रेतारा बैशाख ३० गते मंगलबार पृथ्वीबाट सबैभन्दा कम दूरीमा हुनेछ ।

यो पुच्छ्रेताराको चमकपन म्याग्निच्युड ३.५ रहेको छ । 

पूर्वी क्षितिजभन्दा केही मात्र माथि देखिने भएकोले यसलाई हेर्न अलि गार्हो हुनसक्ने बताइएको छ ।

यो धुमकेतु क्षितिजबाट १५–२० डिग्रि माथि सूर्योदय हुनुभन्दा केही समय अघि मात्र देखिने हुँदा हेर्न गाह्रो हुनसक्ने भनिएको हो । 

धूमकेतु देखिँदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश, आदि शुभकार्यहरु गर्नुहुन्न भनी ‘मूर्हुत चिन्तामणि’ नामक ज्योतिष ग्रन्थमा उल्लेख गरिएको छ । 

यस विषयमा वैज्ञानिक रुपमा पुष्टि भने हालसम्म भएको छैन । 

ज्योतिषशास्त्रमा भने उत्तरतिर देखिने धूमकेतुको फल राम्रो र दक्षिणमा देखिने धूमकेतुको फल नराम्रो हुने भनी मानिएको पाइन्छ । 

यस पटक उत्तरपूर्वमा धूमकेतु देखिने भएकाले फल राम्रो हुने जनाइएको छ ।

स्वान धूमकेतु गत चैत्रमा पत्ता लागेको हो ।

Categorized in विज्ञान-प्रविधी