आगामी ३ साता नेपाललाई निकै कठिन
SamacharDesk – बिराज | २०७८ बैशाख २९, बुधबार

जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोरोना संक्रमणबाट आगामी ३ साता नेपाललाई निकै कठिन रहने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग बुधबार कुराकानी गर्दै पाण्डेले पहिलो लहरको कोरोनाभन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी भएकोले सतर्क रहन जरुरी रहेको बताउनुभयो ।
उहाँले दोश्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिदोँ संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुख सहेरै भएपनि घर भित्रै बस्नुपर्ने बताउनुभयो ।
उहाँले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास व्यक्त गर्नुभयो ।
डा. पाण्डेले खोपको दोश्रो डोज लगाएकाहरु संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय