arin enterprises

इटालीमा महिलाको मूर्तिलाई लिएर चर्को विवाद

SamacharDesk – बिकाश | २०७८ आश्विन १४, बिहिबार

इटालीमा तामाबाट बनाइएको एउटा महिलाको मूर्तिको विषयमा ठुलो विवाद भएको छ ।

१९ औं शताब्दीको एउटा कविताको सम्मानमा बनाइएको यस मूर्तिलाई लिएर महिला विरोधी विचार ‘सेक्सिज्म’ मा विवाद भएको हो ।

इटालीको दक्षिणी शहर सप्रीका चर्चित कवि लुइजी मिरकन्तिनीबाट रचित कविता ‘ला स्पीगोलात्रिचे दी सप्री’को सम्मानमा यो मूर्ति बनाइएको हो । खेतमा धान जम्मा गरीरहेकी एक महिलाको दृष्टिकोणबाट कविता लेखिएको थियो ।

कविताको उक्त नायिका धान जम्मा गर्न छोडेर इटालीको त्यो क्रान्तीमा सामेल हुन्छिन्, जसमा ३ सय जना मारिएका थिए ।

गत आइतबार इटालीका पूर्व प्रधानमन्त्रीले उद्घाटन गरेको उक्त मूर्तिको सम्वन्धमा विवाद बढ्दै गएर अहिले कैयौं नेताहरुले यो मूर्ति हटाउन माग गर्न थालेका छन् ।

हाल विवादित बनेको कलाकार इमैनुएले स्तिफानोले बनाएको यस मूर्तिमा एक महिलालाई कम र पारदर्शी पहिरनमा देखाइएको हो । र महिलाले आफ्नो एउटा हात आफ्नो स्तनमा राखेकी छन् ।

इटालीका महिला अधिकारकर्मीहरुले मूर्तिलाई महिला र इतिहासको अपमान भनेका छन् । महिला नेताहरुको एक समूहले यस मूर्तिलाई हटाउन माग गरेका छन् ।

डेमोक्रेटिक पार्टीकी सांसद मोनिका चिरिन्नाले यसलाई इतिहास र महिलाहरुको मुखमा झापड समेत भनेकी छन् ।

यसै बीच शहरकी मेयर एंटोनियो जेंटीलेले मूर्तिको बचाव गरेका छन् । उनले यस मूर्तिलाई कलाकारले ‘कुशलता र गहिरो बुझाई’ का साथ गरिएको काम भनेकी छन् ।

मूर्तिकार स्तिफानोले पनि अहिले हुँदै गरेको आलोचनाबाट आफु रुष्ट र निराश रहेको बताएका छन् । स्तिफानोले यस मूर्तिमा आफुले ‘आदर्श महिला’, उसको ‘गर्व’ र उसको ’चेतनाको जागृति’ देखाउन खोजेको बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय