कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

नेपालमा पछिल्लो पटक कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जना महिला र पुरुष ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
पछिल्लो पटक कोरोना संक्रमणका कारण मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला रहेका छन् ।
त्यस्तै काठमाडौंमा ३ जना पुरुषको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । काठमाडौंका ४१ वर्षीय, ५९ वर्षीया र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।
Categorized in समाज