कोरोना संक्रमणकै कारण ९ जनाको मृत्यु, ६ जना काठमाडौंका
SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) को संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
थप ३ महिला र ६ जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक मृत्यु हुने ९ जनामध्ये ६ जना काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ६५ वर्षीया महिला दुई जनाको मृत्यु भएको छ भने ५९ वर्षीय पुरुष २ जना, र ७० र ६४ वर्षीय एक एक जना गरी चार जना पुरुषहरुको ज्यान गएको छ ।
त्यस्तै कास्कीकी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ भने सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र मोरङको ६९ वर्षीय पुरुषको पनि कोभिडकै कारण निधन भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।
Categorized in समाज