थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र ३०, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोनाभाईरस (कोभिड १९) कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निधन हुने ११ मध्ये ४ जना काठमाडौंका रहेका छन् । काठमाडौंमा ८६ वर्षीया महिला र ३४, ६६ र ९६ वर्षका पुरुषहरु ३ जना गरी ४ जनाको मृत्यु भएको हो ।
त्यसैगरी बारामा ५५ वर्षीया महिलाको साथमा ५५ वर्षका पुरुषको पनि मृत्यु कोरोना संक्रमणबाट नै भएको छ ।
त्यस्तै सिराहामा ३५ वर्षीया महिला, रुपन्देहीमा ६४ वर्षीया महिलाको पनि निधन भएको छ ।
सर्लाहीमा ६४ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षका पुरुष र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
Categorized in समाज