कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र ३१, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काभ्रेपलान्चोककी ५५ वर्षीया महिलाको साथमा ४१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने काठमाडौंकी ७१ र ७४ वर्षकी महिला दुई जनाको पनि निधन भएको छ । त्यस्तै बाराकी ४६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
साथै सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष र कास्कीका ७० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ३ सय ७९ पुगेको छ ।
Categorized in समाज