८ हजार ९६० संक्रमित थप, ५ हजार ५५ निको
SamacharDesk – बिकाश | २०७८ बैशाख ३०, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ८ हजार ९६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
१९ हजार ४७४ आरटी पिसिआर र ७७१ एन्टिजेन गरी जम्मा २० हजार २४५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो ।
परिक्षण संख्याको आधारमा ४४ दशमलव २५ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको हो ।
थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका २०८ जना बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ६२५ जना छन् ।
योसँग नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ रहेको छ जसमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा छन् । ८ हजार ८२८ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् भने आइसीयूमा रहेका एक हजार ३८१ जनामध्ये ३८० जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
पछिल्लो पटक ५ हजार ५५ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ३ लाख २१ हजार ५१८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
थप २१४ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न मितिमा नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्यासमेत कोभिड १९ बाट मृत्यु हुनेको संख्या थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ४ हजार ४६६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय