arin enterprises

संक्रमण निको हुनेको दर ८० प्रतिशत नजिक

SamacharDesk – बिकाश | २०७८ जेठ १७, सोमबार

पछिल्लो २४ घण्टामा १७ हजार ४८० जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ ।

परिक्षण संख्याको २७ दशमलव २४ प्रतिशत अर्थात ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको आरटी पिसिआर परिक्षणमा ४ हजार १७८ र २ हजार ४२५ जनाको एन्टिजेन परिक्षणमा ५८४ जनामा संक्रमण पुष्टि भएको हाे ।

तीमध्ये १२२ जना १० वर्षसम्मका बालबालिका छन् भने ३८५ जना ११ देखि १९ वर्ष उमेर समूहका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमण हुनेको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

हाल एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित उपचाररत छन् ।

पछिल्लो पटक ६ हजार ४९१ संक्रमित संक्रमणमुक्त भएर घर फर्केका छन् । हालसम्म ४ लाख ४७ हजार ४४६ जना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भइसकेका छन् । नेपालमा संक्रमण निको हुनेको दर ७९ दशमलव ७ प्रतिशत पुगेको छ ।

यस अवधिमा ११४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ७ हजार ३८६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय